Logo

२०८३, श्रावण ३०गते


images
images

लिपुलेक बारे माेदिकाे अभिव्यक्ति र सरकारकाे मौनताप्रती आपत्ति जनक : विवेकशील साझा पार्टी

लिपुलेक बारे माेदिकाे अभिव्यक्ति र सरकारकाे मौनताप्रती आपत्ति जनक : विवेकशील साझा पार्टी

images
  • सेतोमसी सहकर्मी
  • लिपुलेक बारे माेदिकाे अभिव्यक्ति र सरकारकाे मौनताप्रती आपत्ति जनक : विवेकशील साझा पार्टी
    images
    images

    कृष्ण अन्जान, बुटवल। लिपुलेकबारे भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति र नेपाल सरकारको मौनता आपत्तिजनक भएकाे ठहर विवेकशील साझा पार्टीले गरेकाे छ ।

    images
    images
    images

    पार्टीका प्रवक्ता शरद राज पाठकले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

    images
    images
    images

    कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि उत्तिकै छ विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    कूटनीति नि:सन्देह आवेग र उत्तेजनाको विषय हैन तर अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने विवेकशील साझा पार्टीले ठहर गरेकाे छ ।

    नेपाली भू-भागमा छिमेकीको मनपरी देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य छैन। नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टीले  सरकारलाई अाग्रह समेत गरेकाे छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।