Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन परिणामको जिम्मेवारी लिँदै रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

निर्वाचन परिणामको जिम्मेवारी लिँदै रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

images
  • निर्वाचन परिणामको जिम्मेवारी लिँदै रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा
    images
    images

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

    images
    images
    images

    उनले आफू पार्टीको साधारण सदस्य भने रहिरहने बताएका छन् ।

    images
    images
    images

    उनले लेखेका छन्, ‘हाम्रा उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। 

    images
    images
    images

    मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।