Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

देवदह नगर सभापति भुर्तेल पुनः कांग्रेसमै, १२ घण्टा नबित्दै फिर्ता लिए राजीनामा

देवदह नगर सभापति भुर्तेल पुनः कांग्रेसमै, १२ घण्टा नबित्दै फिर्ता लिए राजीनामा

images
  • देवदह नगर सभापति भुर्तेल पुनः कांग्रेसमै, १२ घण्टा नबित्दै फिर्ता लिए राजीनामा
    images
    images

      
    देवदह । नेपाली कांग्रेसका देवदह नगर सभापति गुनाखर भुर्तेलले पार्टीबाट दिएको राजिनामा १२ घण्टा नबित्दै फिर्ता लिएका छन् । शनिवार दिउँसो सेतोमसीसंग कुरा गर्दै भुर्तेलले पार्टी कार्यकर्ता र शुभचिन्तकको सल्लाहमा राजिनामा फिर्ता लिएको बताए । 

    images
    images
    images

    ‘लामो समय यही पार्टीमा काम गरियो । धेरै शुभचिन्तकले राजिनामा  फिर्ता लिन अनुरोध गरेपछि सभापति पद र पार्टी सदस्यबाट सार्वजनिक रुपमा दिएको राजिनामा फिर्ता लिएको छु ।’ उनले भने, ‘अहिले यसअघि सार्वजनिक रुपमा सामाजिक सञ्जाल मार्फत राजिमाना उल्लेख गरि पोस्ट गरेको सामग्री हटाएको छु ।’

    images
    images
    images

    यसअघि आजै बिहान उनले विशेष अधिवेशनलाई सर्बेच्च अदालतले मान्यता दिएकोमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको स्टाटस सामाजिक संजालमा पोस्ट्याएका थिए । भुर्तेलले राजिमाना पार्टीको  प्रदेश कार्यसमितिमा समेत औपचारिक रुपमा बुझाउने जनाएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजीनामा
  • # नगर सभापति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।