काठमाडौं । घुस खाएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
राजीनामा दिदै मन्त्री गुप्ताले भनेका छन्-
‘बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्समाननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु । प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहि पनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।
अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’
मन्त्री गुप्तामाथि गत वर्षको पुसमै कास्कीस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती गरिदिने भन्दै ५३ लाख घुस लिएको प्रमाणसहितको उजुरी अख्तियारमा परेको छ । त्यस्तै उनले भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ डिल गरेको अडियो समेत सार्बजनिक भएपछि मन्त्री गुप्ताको पद संकटमा परेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology