Logo

२०८३, आश्विन १२गते


images
images

विद्यार्थी राजनीति

अनेरास्ववियुमा कडरियाको राजीनामा स्वीकृत : अध्यक्षमा धामी र महासचिवमा शिवाकोटी मनोनित

अनेरास्ववियुमा कडरियाको राजीनामा स्वीकृत : अध्यक्षमा धामी र महासचिवमा शिवाकोटी मनोनित

images
  • अनेरास्ववियुमा कडरियाको राजीनामा स्वीकृत : अध्यक्षमा धामी र महासचिवमा शिवाकोटी मनोनित
    images
    images

    काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले अध्यक्ष डा. सुजन कडरियालाई हटाएको छ । 

    images
    images
    images

    सोमवार बसेको अनेरास्ववियुको बैठकले अध्यक्ष कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दिपक धामीलाई अध्यक्ष चयन गरेको छ । त्यस्तै अनेरास्वियुले उपाध्यक्ष अन्जना शिवाकोटीलाई महासचिव बनाएको छ ।

    images
    images
    images
    कडरियाले जेनजी आन्दोलनको समयमा भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा दिएपनि केहि दिन अघि जिम्मेवारीमा फर्किएको बताएका थिए । कडरियाले अनेरास्ववियुको निर्णयपछि सामाजिक सञ्जालमा सो निर्णय स्वीकार गर्दै आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तिता-मिठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएको बताएका छन् ।
     
    उनले भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएको भन्दै निर्णयको सम्मान गर्ने बताएका छन् ।
     
    उनले यससँगै, विद्यार्थीको हक-हित र अधिकारका पक्षमा बुलन्द स्वर उठाइरहने संगठन अनेरास्ववियु नै हो भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको बताउदै यस प्रक्रियामा पार्टीले कुनै हस्तक्षेप नगरेको र हाम्रो सार्वभौम कमिटीको सर्वसम्मतिले पारित गरेको निर्णयलाई उल्लासपूर्वक पालना गर्न देशभरका सबै देशभक्त विद्यार्थीसमक्ष अपिल समेत गरेका छन् ।

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।