Logo

२०८३, श्रावण ३०गते


images
images

बागमतीका खानेपानीमन्त्री खड्काले पनि दिए राजीनामा

बागमतीका खानेपानीमन्त्री खड्काले पनि दिए राजीनामा

images
  • बागमतीका खानेपानीमन्त्री खड्काले पनि दिए राजीनामा
    images
    images

    हेटौडा । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनमा दिएका छन् ।

    images
    images
    images

    खड्काले मंगलवार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राजीनामा बुझाएका हुन् । यस अघि बागमती सरकारमा रहेका चार मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री लामाले उनीहरुको राजीनामा स्वीकृत नगरी बर्खास्त गरेका थिए । 

    images
    images
    images

    बागमती प्रदेशमा कांग्रेसका ३७ प्रदेश सांसदमध्ये सुरुमा २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेर दर्ता गरेपछि मुख्यमन्त्री लामाको संकट बढेको छ ।

    images
    images
    images

    कांग्रेसले बागमतीमा देखिएको विवाद मिलाउन नेता राजेन्द्र केसीलाई तोकेको छ । यसअघि सोमबार बसेको संसदीय दल र प्रदेश समितिको बैठकमा सहमति हुन नसकेपछि अब संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुने सम्भावना बढेको छ ।

    कूल ११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सांसद रहेका छन् । संसदीय दलका बहुमतको लागि १९ सांसदको समर्थन आवश्यक पर्छ । 

    shyam_11753769126.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजीनामा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।