काठमाडौँ । वाराको फेटा गाउँपालिकाको अध्यक्षमा रूस्तम अन्सारी र उपाध्यक्षमा निलम साह विजयी भएका छन्। उनीहरू दुबैजना विवेकशील साझा पार्टीका उम्मेदवार हुन् ।
अध्यक्ष निर्वाचित अन्सारीले ४ हजार ४८५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अमिरीलाल प्रसादले २ हजार ३९९ मत प्राप्त गरे ।
उपाध्यक्षमा निलम साहले ३ हजार ५७० मत प्राप्त गर्दा एमाले उम्मेदवार कमरुन खातुनले २ हजार ३३३ मत प्राप्त गरिन् ।
फेटाको वडा नम्बर ३ र ६ को अध्यक्षमा पनि विवेकशील साझाका उम्मेदवार नै विजयी भएका छन् ।
पार्टी प्रवक्ता शरदराज पाठकले अब फेटालाई देशकै नमूना पालिका बनाउने दाबी गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology