बुटवल । अखिल नेपाल रास्टिय स्वतन्त्र बिध्यार्थी यूनियन ( क्रान्तिकारी ) संगठन विस्तार अभियानमा जुटेको छ । सोही क्रममा शुक्रबार बुटवलस्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल ईकाई समितीले सह ईकाईहरू निर्माण गरेको छ ।
केही दिन अघि मात्र क्याम्पस प्रशासन समक्ष १५ बुँदे माग राख्दै सह ईकाई निर्माणमा जुटेको ईकाई समितीले आज बि एड दोस्रो बर्षको नेपाली बिषयमा समिती निर्माण गरेको संगठनका जिल्ला उपाध्यक्ष टिकाराम आचार्यले बताए ।
संगठनले पार्बती न्यौपानेको अध्यक्षताम ४१ सदस्यीय समिती बनाएको छ । उक्त कार्यक्रममा क्याम्पस मुल इकाई समिती अध्यक्ष हिमाल खनाल, उपाध्यक्ष केशब पौडेल सचिब शिशिर केसि लगायत जिल्ला कमिटी सदस्य संगिता घर्ती र एकाई कमिटी सदस्यहरु मन्जु खनाल, किरन भट्टराई, सबित्रा खनाल लगाएतको उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology