Logo

२०८३, आश्विन ९गते


images
images

विदेशी विनिमय सञ्चिति

कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढ्यो

कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढ्यो

images
  • कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढ्यो
    images
    images

    काठमाडौँ । २०८२ को असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जानाएको छ । आइतवार राष्ट्र बैंकले सार्बजनिक गरेको बार्षिक आर्थिक तथा वित्त स्थितिको विवरण अनुसार कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भएको उल्लेख छ । २०८१ को असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।

    images
    images
    images

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ । २०८१ को असार मसान्तमा नेपाल राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।

    images
    images
    images

    त्यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड कायम भएको छ । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images
    images

    आर्थिक वर्ष २०८१- ८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले उल्लेख गरेको छ । २०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विदेशी विनिमय सञ्चिति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।