Logo

२०८३, आश्विन १०गते


images
images

फुटबल

नेइमारसहितका प्रमुख खेलाडीलाई बाहिर राखेर ब्राजिल टिमको घोषणा

नेइमारसहितका प्रमुख खेलाडीलाई बाहिर राखेर ब्राजिल टिमको घोषणा

images
  • नेइमारसहितका प्रमुख खेलाडीलाई बाहिर राखेर ब्राजिल टिमको घोषणा
    images
    images

    काठमाडौँ । ब्राजिलका प्रशिक्षक कार्लो एन्सोलोट्टीले नेइमार, भिनिसियस् जुनियर,रोड्रीगो र एडर मिलिटाओ जस्ता खेलाडीलाई बाहिर राखेर ब्राजिलको राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन् ।

    images
    images
    images

    ब्राजिलको विश्वकप छनौटका अन्तिम दुई खेलका लागि एन्सोलोट्टीले चिली र बोलिभियाविरुद्ध खेल्ने टिमको घोषणा गरेका हुन् । त्यस्तै एन्सोलोट्टीले लुकास पाक्वेटा, काइओ जोर्ज, मार्किन्होस, ब्रुनो गुइमारेस, जोएलिन्टन, राफिन्हा र रिचार्लिसनजस्ता खेलाडी टिममा सामेल गरेका छन् । त्यस्तै चेल्सीका युवा खेलाडी एस्टेभाओलाई टिममा समावेश गरिएको छ ।

    images
    images
    images

    ब्राजिल २०२६ को विश्वकपमा छनौट भइसकेको छ । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौटको अन्तिम खेलमा ब्राजिलले सेप्टेम्बर ४ मा चिलीसँग र बोलिभियासँग सेप्टेम्बर ९ मा खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    ब्राजिल टिम:

    गोलकिपर: एलिसन (लिभरपुल), बेन्टो क्रेप्सकी (एन नासर), ह्युगो सुजा (कोरिन्थियन्स) ।

    डिफेन्डर: अलेसेन्ड्रो (लिले), एलेक्स स्यान्ड्रो (फ्लेमेन्गो), कायो हेनरिक (मोनाको), डगलस सान्तोस (जेनिट), फाब्रिसियो ब्रुनो (क्रुजेइरो), गेब्रियल म्यागाल्हेस (आर्सनल), मार्किन्होस (पीएसजी), वान्डरसन डे ओलिभेरा (मोनाको), वेस्ले फ्रान्का (रोमा) ।

    मिडफिल्डर: आन्द्रे सान्तोस (चेल्सी), ब्रुनो गुइमारेस (न्यूकासल), कासेमिरो (म्यानचेस्टर युनाइटेड), जोलिन्टन (न्यूक्यासल), लुकास पाक्वेटा (वेस्ट ह्याम) ।

    फरवार्ड: एस्टेभाओ (चेल्सी), गेब्रियल मार्टिनेली (आर्सनल), जोआओ पेड्रो (चेल्सी), काइओ जर्ज (क्रुजेरो), लुइस एनरिक (जेनिट), माटेस कुन्हा (म्यानचेस्टर युनाइटेड), राफिन्हा डियाज (बार्सिलोना), रिचार्लिसन (टोटेनहम) ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेइमार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।