Logo

२०८३, आश्विन १०गते


images
images

नेइमार बिना ब्राजिलको टिमको घोषणा

नेइमार बिना ब्राजिलको टिमको घोषणा

images
  • नेइमार बिना ब्राजिलको टिमको घोषणा
    images
    images

    काठमाडौँ । ब्राजिल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले सार्वजनिक गरेको नयाँ टोलीमा नेइमारलाई फेरी बाहिर राखेका छन् ।

    images
    images
    images

    आगामी मैत्रीपूर्ण खेलमा फ्रान्स र क्रोएसियाविरुद्ध खेल्ने टोली घोषणा गर्दा बाहिर राखेपछि राष्ट्रिय टिममा अब नेइमारको फुटबल भविष्य बारे प्रश्न उठाइएको छ ।

    images
    images
    images

    टिममा नपरेपछि नेइमारले सामाजिक सञ्जाल असन्तुष्ट बनेको संकेतसहितको आफ्नो तस्बीर पोष्ट गरेका छन् । यस निर्णयले सन् २०२६ को विश्वकपमा उनको सहभागिताबारे प्रश्न उठाएको छ । लामो समयपछि सान्तोस क्लबमा फर्किएका नेइमारले पुनः आफ्नो लयमा फर्किने प्रयास गरिरहेका थिए । तर बारम्बारको चोट र नियमित खेल्न नपाउदा उनको प्रदर्शन प्रभावित भएको देखिएको छ ।

    images
    images
    images

    नेयमारले सन् २०२३ अक्टोबरपछि ब्राजिलका लागि खेलेका छैनन्। उरुग्वेविरुद्धको खेलमा गम्भीर घुँडाको चोट लागेपछि उनी लामो समय बाहिर रहे । त्यसयता पनि मांसपेशीसम्बन्धी समस्या दोहोरिँदा उनी पूर्ण रूपमा फिट हुन सकेका छैनन् ।

    प्रशिक्षक एन्सेलोटीले पूर्ण रूपमा फिट भएका खेलाडीलाई मात्र टोलीमा स्थान दिने स्पष्ट गरेका छन् । उनले हालै सान्तोसको खेल अवलोकन गर्दा पनि नेयमार मांसपेशी थकानका कारण मैदानमा उत्रन सकेका थिएनन् ।

    यसपटक ब्राजिलले आक्रमण पंक्तिमा युवा खेलाडीलाई प्राथमिकता दिएको छ । टोलीमा भिनिसियस जुनियर, राफिन्हा, गाब्रिएल मार्टिनेली र जाओ पेड्रो जस्ता खेलाडी समावेश छन् । मध्यपंक्तिमा कासेमिरो र फाबिन्हो जस्ता अनुभवी खेलाडी छन् भने रक्षापंक्तिमा मार्किन्होस र गाब्रिएल मागाल्हाएस समावेश छन् ।

    ब्राजिलका सर्वाधिक गोलकर्ता नेइमार अब अन्तिम विश्वकप टोली घोषणा हुनुअघि उनी पुनः आफ्नो उत्कृष्ट प्रदर्शनमा फर्किन सक्छन् कि सक्दैनन् भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।

    ब्राजिलको टिम 

    गोलकिपर: 

    एलिसन (लिभरपुल)

    बेन्टो (अल नासर)

    एडरसन (फेनेरबासे)

    सेन्ट्रल ब्याक: 

    ब्रेमर (युभेन्टस)

    गेब्रियल मागाल्हेस (आर्सनल)

    इबानेज (अल अहली)

    लियो परेरा (फ्लेमेन्गो)

    मार्किनहोस (पेरिस सेन्ट जर्मेन)

    फुल ब्याक:

    एलेक्स स्यान्ड्रो (फ्लेमेन्गो)

    ड्यानिलो (फ्लेमेन्गो)

    डगलस सान्तोस (जेनिट)

    वेस्ली (रोमा)

    मिडफिल्डर: 

    एन्ड्री सान्तोस (चेल्सी)

    कासेमिरो (म्यानचेस्टर युनाइटेड)

    डानिलो (बोटाफोगो)

    फाबिन्हो (अल इत्तिहाद)

    गेब्रियल सारा (गालाटासारे)

    फरवार्ड: 

    एन्ड्रिक (लियोन)

    गेब्रियल मार्टिनेली (आर्सनल)

    इगोर थियागो (ब्रेन्टफोर्ड)

    जोआओ पेड्रो (चेल्सी)

    लुइज हेनरिक (जेनिट)

    म्याथ्युस कुन्हा (म्यानचेस्टर युनाइटेड)

    राफिन्हा (बार्सिलोना)

    रायन (बोर्नमाउथ)

    भिनिसियस जुनियर (रियल म्याड्रिड)

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेइमार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।