Logo

२०८३, आश्विन ११गते


images
images

क्रिकेट

एसीटीसँगको दोस्रो अभ्यास खेल जित्‍न नेपाललाई ९७ रनको लक्ष्य

एसीटीसँगको दोस्रो अभ्यास खेल जित्‍न नेपाललाई ९७ रनको लक्ष्य

images
  • एसीटीसँगको दोस्रो अभ्यास खेल जित्‍न नेपाललाई ९७ रनको लक्ष्य
    images
    images

    काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले मंगलवार भइरहेको दोस्रो अभ्यास टी-२० खेल जित्न अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)बाट ९७ रनको सामान्य लक्ष्य पाएको छ ।

    images
    images
    images

    टस हारेर पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमा ९६ रनमा अलआउट भएको हो । नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले ४-४ विकेट लिए भने रोहित पौडेल र गुल्शन झाले १-१ विकेट लिए ।

    images
    images
    images


    यसअघि केहीबेर अघि भएको पहिलो अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको थियो । टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने तय भएको थियो ।

    images
    images
    images


    नेपालले यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ । टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

    नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।