काठमाडौं । युवतीको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर रिहा भएका छन् । महर र उनकी पत्नी सनुजा श्रेष्ठलाई हाजिर जमानीमा छाडिने निर्णय गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले महर दम्पतीलाई हाजिर जमानीमा रिहा गर्ने आदेश दिएका हुन् । बुधबार साइबर अपराधसम्बन्धी पक्राउ पूर्जी जारी भएपछि उनीहरू प्रहरीमा उपस्थित भएका थिए ।
प्रहरीले दम्पतीलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराएपछि हाजिर जमानीको निर्णय कार्यान्वयन भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology