Logo

२०८३, आश्विन ११गते


images
images

पर्यटन राजधानी

पोखराको दिगो सहरी यातायात व्यवस्थापनको नीतिगत व्यवस्था बारे छलफल

पोखराको दिगो सहरी यातायात व्यवस्थापनको नीतिगत व्यवस्था बारे छलफल

images
  • पोखराको दिगो सहरी यातायात व्यवस्थापनको नीतिगत व्यवस्था बारे छलफल
    images
    images

    पोखरा । पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थाको सम्बन्धमा छलफल भएको छ ।

    images
    images
    images

    गण्डकी प्रदेश सरकार, नीति योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी समेत सरोकारवालाहरूको सहभागितामा भएको कार्यशालामा पोखराको सार्वजनिक यातायात सुधारसँगै दिगो व्यवस्थापनका लागि विद्युतीय सवारीमा जोड, चार्जिङ् स्टेसनहरू निर्माण, सार्वजनिक यातायात सेवा सम्बन्धी डिजिटल जानकारी, व्यवस्थित बस स्टपहरूको पूर्वाधार तयार गर्ने लगायत विषयमा छलफल भएको हो ।

    images
    images
    images

    पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएसँगै विकास साझेदार एसियाली विकास बैङ्कले प्राथमिकताका साथ यस क्षेत्रको यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनमा चासो दिएको हो । यसअघि नगर प्रमुख आचार्यले पनि आफ्नो मनिला भ्रमणका क्रममा एविडीको मुख्यालय पुगेर पोखरामा इमोविलिटी परियोजना सञ्चालनका विषयमा छलफल गरेका थिए ।

    images
    images
    images

    एसियाली विकास बैङ्क र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण सहायतामा नेपालमा यो परियोजना सञ्चालन गर्न लागिएको हो । यस मध्ये पोखरामा ४० मिलियन अमेरिकी डलर बराबरको परियोजना सञ्चालन हुनेछ ।

    परियोजना सञ्चालनका लागि आवश्यक समन्वय तथा स्थानीय व्यवस्थापनको कार्य पोखरा महानगरपालिकाले गर्ने नगर प्रमुख आचार्यले बताए । यस परियोजनाले पोखराको सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउनुका साथै वातावरण तथा पर्यावरणको संरक्षणमा समेत महत्त्वपूर्ण योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।

    नगर प्रमुख आचार्यले यातायात व्यवसायीहरूलाई सेवाको गुणस्तर सुधार गर्न र जनस्वास्थ्य तथा पर्यावरण प्रति सचेत बन्न आग्रह गरे । पोखरा लगायत समग्र गण्डकी प्रदेशको सार्वजनिक यातायात व्यवस्थापन गर्ने गरी प्राधिकरण गठनका लागि कानुनी संरचना निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । एसियाली विकास बैङ्कका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण रामामुर्ति नेतृत्वको प्रतिनिधि मण्डल परियोजनाका विषयमा भइरहेको छलफलमा सहभागी भएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।