Logo

२०८३, श्रावण २७गते


images
images

किसानका पीडा

उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न माओवादी केन्द्रको माग

उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न माओवादी केन्द्रको माग

images
  • उखु किसानको  बक्यौता रकम तत्काल भुक्तानी गर्न माओवादी केन्द्रको  माग
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले उखु किसानले उठाएका सबै जायज मागहरुलाई गम्भीरतापूर्वक सम्बोधन गर्न माग गरेको छ ।

    images
    images
    images

    माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले विहिवार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत उखु किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका हुन् ।

    images
    images
    images

    माओवादी केन्द्रले विज्ञप्तिमा भनेको छ : 

    images
    images
    images

    उखु उत्पादनमा निर्भर किसान वर्गले आफ्नो पसिनाको मूल्य, अधिकार र सम्मानका लागि काठमाडौंको माइतीघर मण्डलामा अनशन बस्न बाध्य हुनुपरेको विषयप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको छ । बक्यौता रकम नपाएर पीडित किसानहरुलाई सरकारले अझ अपमानित गर्ने गरी हालै उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसान–विरोधी र गैरजिम्मेवार कदम हो भन्ने हाम्रो ठम्याइ छ ।

    हाम्रो पार्टी  नेतृत्वको सरकारले किसानको हितलाई केन्द्रमा राख्दै उखुको समर्थन मूल्यमा प्रति क्विन्टल  ७० रुपैया अनुदान तोकेर उनीहरुलाई न्याय दिने विषय प्राथमिकतामा राखेको स्मरणीय छ । तर वर्तमान सरकारले किसानको हित प्रतिकूल हुने गरी उक्त अनुदान मूल्य घटाएर रु. ३५ बनाएको छ । जसले उत्पादन लागतसमेत धान्न नसक्ने अवस्था सिर्जना गरेको छ । यो निर्णयले बक्यौता रकम नपाएर पहिल्यैदेखि संकटमा परेका किसानमाथि थप अन्याय थपेको छ ।

    हाम्रो पार्टी आन्दोलनरत किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गर्दछौं । साथै किसान वर्ग हाम्रो उत्पादन प्रणालीको मेरुदण्ड मात्र नभई राष्ट्रको अर्थतन्त्रको आधारशीला हुन् भन्ने यथार्थलाई सरकारले बेलैमा आत्मसात गरी उखुको समर्थन मूल्य र त्यसमा दिइने अनुदानलाई किसानमैत्री ढंगले पुनः निर्धारण गर्न र किसानले उठाएका सबै जायज मागहरुलाई गम्भीरतापूर्वक सम्बोधन गर्न समेत माग गर्दछौ ।

    उत्पादन र उत्पादकत्वको वृद्धिमार्फत रोजगारी र समृद्धि हासिल गर्दै  मुलुकमा आत्मनिर्भर  अर्थतन्त्रका लागि किसानहरु मुख्य शक्ति हुन । उनीहरुको मनोबल उच्च राख्दै व्यवसायिक प्रवद्र्धनका लागि अनुकुल वातावरण बनाउनु अहिलेको आवश्यकता हो । सरकारले विचौलियाको स्वार्थका लागि सिंगो सत्ता संरचना प्रयोग गर्ने तर किसानहरुका माग वेवास्ता गर्ने प्रवृति गम्भीर छ । यदि सरकारले किसानहरुका माग बेवास्ता गरेमा हाम्रो पार्टी किसानसँगै उभिएर संघर्षलाई अझ व्यापक एवं  सशक्त बनाउदै किसानको अधिकार, सम्मान र न्यायका लागि दृढतापूर्वक उभिने स्पष्ट पार्न चाहन्छौं ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उखु किसान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।