काठमाडौं । जिल्ला अदालत भक्तपुरले आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको छ । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको हो ।
तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् ।
सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध गरेको तथा स्थानीय पालिकाले प्रकाशन गरेको सूचना च्यातेको आरोप थियो ।
त्यही विषयमा सूर्यविनायक नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेमा उनीहरु विरुद्ध जाहेरी दिएको थियो ।
त्यस मुद्दामा अदालतले आशिका तामाङ र शरण तिरूवालाई पाँच–पाँच दिन कैद सजाय सुनाएको हो ।
उनीहरुलाई ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २ सय रुपैयाँ भराउने आदेश गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology