Logo

२०८३, श्रावण ३०गते


images
images

उपनिर्वाचन

रास्वपाबाट रूपन्देही-३ उपनिर्वाचनमा डा. लेखजंग थापा उम्मेदवार

रास्वपाबाट रूपन्देही-३ उपनिर्वाचनमा डा. लेखजंग थापा उम्मेदवार

images
  • रास्वपाबाट रूपन्देही-३ उपनिर्वाचनमा डा. लेखजंग थापा उम्मेदवार
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी रूपन्देही-३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवारका रूपमा चयन गरेको छ ।

    images
    images
    images

    रास्वपाले पहिलोपटक आन्तरिक प्राइमेरी निर्वाचनमार्फत उम्मेदवार छनोट गरेको हो । सो प्रक्रियामा पार्टीभित्रका ९ जना आकांक्षीले भाग लिएका थिए । ती आकांक्षीमध्ये प्रतिस्पर्धात्मक मतदानपछि डा. थापाले सबैभन्दा बढी समर्थन पाउँदै उम्मेदवार बन्न सफल भएका हुन् ।

    images
    images
    images

    रूपन्देही-३ मा हुने उपनिर्वाचन आगामी कात्तिक १७ गते तोकिएको छ । यसअघि यस क्षेत्रका प्रतिनिधिसभा सदस्यका पद रिक्त भएपछि निर्वाचन आयोगले मिति तोकेको हो ।

    images
    images
    images

    रास्वपाबाट आकांक्षी बनेका ९ जनामध्ये सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका थिए ।

    पार्टीभित्रै लोकतान्त्रिक अभ्यासको उदाहरण प्रस्तुत गर्दै प्राइमेरी निर्वाचन सम्पन्न भएको र यसले आगामी दिनमा रास्वपाको संगठनात्मक क्षमता र भित्री एकतालाई अझ सबल बनाउने विश्वास व्यक्त गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।