Logo

२०८३, आश्विन ९गते


images
images

लिग कप

इन्टर मियामीलाई हराउदै सिएटल साउन्डर्सले जित्यो लिग कपको उपाधि

इन्टर मियामीलाई हराउदै सिएटल साउन्डर्सले जित्यो लिग कपको उपाधि

images
  • इन्टर मियामीलाई हराउदै सिएटल साउन्डर्सले जित्यो लिग कपको उपाधि
    images
    images

    काठमाडौं । लिग कपको रोमाञ्चक फाइनल खेलमा इन्टर मियामीलाई पराजित गर्दै सिएटल साउन्डर्स एफसीले उपाधि जितेको छ ।

    images
    images
    images

    सोमवार बिहान भएको फाइनलमा सिएटलले इन्टर मियामीलाई ३-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक लिग कप च्याम्पियन बनेको हो । सिएटल साउन्डर्सको जितमा ओसाजे डे रोसारियो, एलेक्स रोल्डान र पौल रोथ्रोकले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    खेलको पहिलो हाफमै अग्रता लिएको सिएटलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन जारी राख्दै जित सुनिश्चित गरेको थियो । इन्टर मियामीका स्टार खेलाडी लियोनेल मेसीले केही अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् ।

    images
    images
    images

    यो जितसहित सिएटल साउन्डर्सले लिग कपमा ऐतिहासिक सफलता हासिल गरेको छ भने इन्टर मियामी उपविजेतामा सीमित भएको छ ।

    लिग कपको यो चौथो संस्करण हो । यस अघि २०१९ मा क्रुज अजुल, २०२१ मा लेओन, २०२३ मा इन्टर मियामी र २०२४ मा कोलुम्बस क्रियुले उपाधि जितेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लिग कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।