Logo

२०८३, कार्तिक ३०गते


images
images

झमेलामा सुहाना

कानुनी झमेलामा परिन् शाहरुखकी छोरी सुहाना

कानुनी झमेलामा परिन् शाहरुखकी छोरी सुहाना

images
  • कानुनी झमेलामा परिन् शाहरुखकी छोरी सुहाना
    images

    काठमाडौँ । बलिवुडका किङ शाहरुख खानकी छोरी सुहाना खान कानुनी झमेलामा परेकी छन् । सुहानाले महाराष्ट्रको रायगड जिल्लाको अलिबाग क्षेत्रमा करोडौं रुपैयाँको कृषि जग्गा किनेको विषय विवादमा परेको छ । 

    images
    images
    images

    महाराष्ट्र राज्यको कानून अनुसार, कृषि जग्गा किन्न सक्ने किसान मात्र हुन सक्ने व्यवस्था रहेको छ । अब यो विषय विवादमा परेपछि अनुसन्धान शुरु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  यस विषयमा सुहानाले किनेको जग्गाको सम्झौता रद्द वा जरिवाना हुने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    सुहानालाई यस सम्झौतामा किसानको रूपमा प्रस्तुत गरिएको तर प्रशासनले यस लेनदेनको सम्बन्धमा अनुसन्धान शुरु गरेको बताइएको छ । २०२३ मा सुहानाले अलिबागमा लगभग १२ करोड ९१ लाख बराबरको जग्गा किनेको थियो, जुन देजा भु फार्म प्राइभेट लिमिटेडको नाममा दर्ता गरिएको बताइएको छ ।

    images
    images

    सुहानाले मुम्बईको अलिबागको थाल गाउँमा ठूलो जग्गा लिएकी थिइन् । यो जग्गा सरकारले खेतीपातीको लागि तोकेको थियो, जसमा किसानहरूले मात्र खेती गर्न सक्छन् । सुहानाले उक्त जग्गा अञ्जली, रेखा र प्रिया नामका तीन दिदीबहिनीबाट लिएकी थिइन् । यी तीन दिदीबहिनीले यो जग्गा आफ्ना आमाबाबुबाट पाएकी थिइन् ।

    सुहानाले जग्गा किन्दा उनले यसको लागि लगभग ७७.४६ लाख स्ट्याम्प ड्युटी पनि तिरेको बताइएको छ । अब यो विषयमा अनुसन्धान भइरहेको छ । अधिकारीहरूले यस विषयमा अलिबागका तहसीलदारसँग रिपोर्ट मागेको र यस विषयमा विस्तृत अनुसन्धान गर्न आदेश दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुहाना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।