काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले पुनः गणना गर्न माग गरेका छन् ।
बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका हुन् ।
गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका छन् । दुई उपसभापति पदका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का विजयी भइसकेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology