Logo

२०८३, आश्विन ९गते


images
images

जुकरबर्ग विरुद्ध जुकरबर्ग

फेसबुकका मालिक जुकरबर्गलाई अर्का मार्क जुकरबर्गले हाले मुद्धा

फेसबुकका मालिक जुकरबर्गलाई अर्का मार्क जुकरबर्गले हाले मुद्धा

अरूको नाम प्रयोग गरेको भन्दै आफ्नो खाता पाँच पटक ब्लक गरेको दाबी
images
  • फेसबुकका मालिक जुकरबर्गलाई अर्का मार्क जुकरबर्गले हाले मुद्धा
    images
    images

    काठमाडौँ । फेसबुकका मालिक मार्क जुकरबर्गसँग नाम मिलेकै कारणले अर्का मार्क जुकरबर्ग अहिले चर्चामा रहेका छन् । जुकरबर्गसँग नाम मिलेका अर्का वकिल मार्क जुकरबर्गले फेसबुकलाई मुद्धा हालेपछि अहिले उनी चर्चामा आएका हुन्  ।

    images
    images
    images

    अमेरिकाको इन्डियाना राज्यमा बस्ने एक अमेरिकी वकिल मार्क जुकरबर्गले मेटाविरुद्ध मुद्दा दायर गरेका छन् । वकिलको पूरा नाम मार्क एस जुकरबर्ग हो । वास्तवमा मार्क एस जुकरबर्गले फेसबुकले पछिल्लो आठ वर्षमा आफ्नो खाता पाँच पटक ब्लक गरेको दाबी गर्दै मेटाविरुद्ध मुद्धा दायर गरेका छन् । खाता ब्लक गर्नुको पछाडि फेसबुकले दिएको कारण अरू कसैको नाम प्रयोग गरेको भन्ने थियो । मार्क एस जुकरबर्गले फेसबुकले बारम्बार खाता ब्लक गर्दा उनले आफ्नो पेशामा ठूलो नोक्सान बेहोरे र हजारौं डलर कमाई गुमाएको बताउदै मुद्धा दायर गरेका छन् ।

    images
    images
    images

    मार्क एस जुकरबर्गले फेसबुकले उनको खाता एक पटक होइन धेरै पटक निलम्बन गरेको बताएका छन् । यसले उनको व्यावसायिक जीवनमा नराम्रो प्रभाव पारेको र मेटाले उनको ११ हजार डलर मूल्यका विज्ञापनहरू हटाएको बताएका छन् । उनले आफ्नो कानुनी पेशासँग सम्बन्धित विज्ञापनहरू दिएका थिए ।

    images
    images
    images

    वकिल जुकरबर्गले उनले आफ्नो वास्तविक पहिचान प्रमाणित गर्न सक्दो प्रयास गरे । उनले आफ्नो फोटो आईडी, क्रेडिट कार्ड र धेरै तस्बिरहरू फेसबुकमा पठाए । उनले आफ्नो नाम फेसबुकका संस्थापक मार्क जुकरबर्ग प्रसिद्ध हुनुभन्दा पहिले पनि उही नै रहेको बताए तर फेसबुकले विश्वास नगरेको उनको आरोप छ ।

    मेटाले यस विषयमा आफ्नो गल्ती स्वीकार गरेको छ । कम्पनीले मार्कको खाता गल्तीले ब्लक गरिएको थियो, जसको लागि मेटाले माफी मागेको छ । अब यसलाई पुनर्स्थापित गरिएको छ । मेटाले भन्यो- 'हामी मार्क जुकरबर्गको धैर्यताको कदर गर्छौं र भविष्यमा यस्तो गल्ती हुनबाट रोक्न काम गरिरहेका छौं ।'

    यसबाहेक, मार्कले आफ्नो समस्या संसारको अगाडि ल्याउन एउटा वेबसाइट पनि बनाएका छन्, जसमा उनले आफ्नो नामले निम्त्याउने समस्याहरू उल्लेख गरेका छन् । एक पटक वाशिंगटन राज्यले गल्तीले उनीमाथि मुद्दा पनि हालेको थियो 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।