Logo

२०८३, श्रावण ३०गते


images
images

दीपमा बोर्डिङमा देउडा नाच प्रदर्शन

दीपमा बोर्डिङमा देउडा नाच प्रदर्शन

images
  • दीपमा बोर्डिङमा देउडा नाच प्रदर्शन
    images
    images

    पुरुषोत्तम पाण्डेय, बुटवल । दीप बोर्डिङ हाई स्कुलमा शुुक्रबार देउडा गीत तथा नाच प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नेपालको सुदूर पश्चिम र कर्णाली प्रदेशमा प्रचलित मौलिक देउडा गीत तथा नाचबारे विद्यार्थीहरूलाई जानकारी गराउँदै सांस्कृतिक अनेकतामा एकताको भावना जागृत गराई सांस्कृतिक सहिष्णुता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

    images
    images
    images


    कार्यक्रममा सेती–कर्णाली सम्पर्क समाज लुम्बिनीका कलाकारहरूले देउडा गीत र नाच प्रस्तुत गरेका थिए भने विद्यालयका कलाकार विद्यार्थीहरुले सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित हुड्केली नृत्य प्रस्तुत गरेका थिए ।

    images
    images
    images


    कार्यक्रममा बोल्दै विद्यालका प्राचार्य टीकाराम न्यौपानेले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश नेपालको मौलिक सांस्कृतिक विशेषताप्रति विद्यार्थीहरुलाई जानकारी गराई धार्मिक सहिष्णुता, सांस्कृतिक एकता र समन्वय कायम गर्ने कार्यक्रम गरिएको र आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गरिने बताए ।

    images
    images
    images

     
    कार्यक्रममा सांस्कृतिक देउडा गीत तथा नृत्य प्रदर्शन कार्यक्रममा सहभागी भई देउडा प्रस्तुत गर्ने सेती–कर्णाली सम्पर्क समाज लुम्बिनीका पदाधिकारीसहित कलाकारहरूलाई प्रशंसापत्र र खादाद्वारा सम्मान गरिएको थियो ।  


    विद्यालयका उप-प्राचार्य सुरेन्द्रकुमार शाक्यको सभाध्यक्षता, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य द्वय ज्ञानु थापा र कलाधर अर्याल, प्लस टु संयोजक वसन्त कुमार जोशी, सेती–कर्णाली सम्पर्क समाज लुम्बिनीका अध्यक्ष टपेन्द्र पाण्डे लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन विद्यालयका स्वास्थ्य सहायक सर्जन बुढाले गरेका थिए भने सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेयले गरेका थिए ।

     
    कार्यक्रममा अमर खत्री, किशोर थापा, सन्दिप बस्याल, श्याम बस्याल, अनिल पङ्गेनी, रेखा आचार्य, हेमराज आचार्य लगायतको सहयोगी भूमिका रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।