पोखरा । जेनजी आन्दोलनले उग्र रुप लिन लागेपछि पोखरामा पनि कफ्र्यू आदेश जारी भएको छ । पोखरामा सोमवार दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी भएको हो ।
प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विज्ञप्ति मार्फत कफ्र्यू आदेश जारी भएको जनाएकी हुन् । कफ्र्यू सोमवार दिउँसो २ बजेदेखि लागू भई अर्को आदेश नहुँदासम्म जारी रहने छ ।
कफ्र्यूको क्रममा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन तथा जुलुस, प्रदर्शन र सभा गर्न नपाइने आदेशमा उल्लेख गरिएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology