काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमााउनेको संख्या ६ पुगेको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो ।
अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार पछिल्लो समय केएमसीमा उपचार गराइरहेका एक जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
अस्पतालमा २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।
यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology