बुटवल । जेनजी आन्दोलनका क्रममा थप क्षति हुन नदिन रुपन्देहीमा पनि कफ्र्यू आदेश जारी भएको छ । रुपन्देहीमा अपरान्ह ४ बजेदेखि राती १० बजेसम्मका लागि कफ्र्यू आदेश जारी भएको हो ।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले विज्ञप्ति मार्फत कफ्र्यू आदेश जारी भएको जनाएका हुन् । आदेश अनुसार कफ्र्यू बुटवल क्षेत्रमा पूर्वमा पेट्रोलपम्प धोगो कारखाना पुलसम्म, पश्चिममा बेलबास चोकसम्म, उत्तरमा चिडियाखोला सम्म र दक्षिणमा मंगलापुर सम्मको क्षेत्र रहेको छ ।
यस्तै भैरहवा क्षेत्रको पूर्वमा रोहिणी खोला पुलसम्म, पश्चिममा बेगरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म र दक्षिणमा मेउलीहवासम्म कफ्र्यू रहनेछ ।
बिज्ञप्तीमा बुटवल बेलहिया सडक खण्डको दाँयाबाँया एक सय मिटरसम्म पनि कफ्र्यू रहने जनाईएको छ ।
कफ्र्यूको समयमा कुनैपनि प्रकारको भेला हुन तथा जुलुस, प्रदर्शन र सभा, बैठक घेराउ गर्न नपाइने आदेशमा उल्लेख गरिएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology