Logo

२०८३, कार्तिक ३०गते


images
images

जेनजी माथिको दमन तत्काल रोक्न नेसनल प्याब्सनको सरकारसँग माग

जेनजी माथिको दमन तत्काल रोक्न नेसनल प्याब्सनको सरकारसँग माग

images
  • जेनजी माथिको दमन तत्काल रोक्न नेसनल प्याब्सनको सरकारसँग माग
    images

    काठमाडौँ । जेनजी आन्दोलनमा सहभागी युवामाथि भएको दमनप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले गम्भीर आक्रोशसहित दुःख व्यक्त गरेको छ ।

    images
    images
    images

    सोमबार राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणा र महासचिव प्रतापबहादुर थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'लोकतन्त्र, मानव अधिकार र नागरिक स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै शान्तिपूर्णरूपमा आफ्ना अधिकार, भविष्य र समान अवसरका लागि आवाज उठाइरहेका युवामाथि राज्यद्वारा गरिएको दमन निन्दनीय छ ।'

    images
    images
    images

    नेसनल प्याब्सनले सहादत प्राप्त विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

    images
    images

    आन्दोलनमा घाइते भएका सबै युवाको शीघ्र स्वास्थ्यलाभको कामना पनि विज्ञप्तिमा गरिएको छ ।

    सरकारले तत्काल तीन बुँदा सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ । पहिलो, शान्तिपूर्ण आन्दोलनमा संलग्न विद्यार्थीमाथि भएको दमन तत्काल रोक्नु पर्ने । दोस्रो, सहादत प्राप्त विद्यार्थीको सम्मान र न्याय सुनिश्चित गर्न दोषीलाई कानुनी कारबाहीमा ल्याउनु पर्ने । तेस्रो, घाइते युवाको पूर्ण र उचित उपचारको व्यवस्था गर्नु पर्ने ।

    नेसनल प्याब्सनले सम्पूर्ण विद्यार्थी, अभिभावक, नागरिक समाज र सरोकारवालालाई संयमता अपनाएर शान्तिपूर्ण दबाबमार्फत न्याय र अधिकार सुनिश्चित गर्ने साझा अभियानलाई अघि बढाउन आह्वान गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।