Logo

२०८३, श्रावण ३०गते


images
images

आक्रामक बन्दै जेनजी

निशेधाज्ञाको अवज्ञा गर्दै रुपन्देहीको देवदहमा जेनजीहरुको प्रदर्शन

निशेधाज्ञाको अवज्ञा गर्दै रुपन्देहीको देवदहमा जेनजीहरुको प्रदर्शन

images
  • निशेधाज्ञाको अवज्ञा गर्दै रुपन्देहीको देवदहमा जेनजीहरुको प्रदर्शन
    images
    images

    देवदह । रुपन्देहीको देवदह बजारमा जेनजीहरुले प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा निशेधाज्ञा जारी गरेको भएपनि त्यसलाई बेवास्ता गर्दै जेनजीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

    images
    images
    images

    प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री, मन्त्री तथा प्रमुख दल र तिनका नेताहरु विरुद्ध चर्को नाराबाजी गरेका छन् । राष्ट्र र राष्ट्रियता प्रति जेनजी पुस्ता जागिसकेको बताउने विभिन्न व्यानर र प्लेकार्ट सहित उनीहरुले प्रदर्शन गरेका हुन् । 
    स्पष्ट नेतृत्वकर्ता नदेखिएपनि स्वतन्त्र र विभिन्न राजनीतिक दल निकट यु्वाहरुले समेत प्रदर्शनमा एक्यवद्धता र उपस्थिति जनाएको पाईएको छ । 

    images
    images
    images

    आजको प्रदर्शन खैरेनी बजार हुँदै १२ बजे नगरपालिका पुगेर फर्किने रहेको उनीहरुले जनाएका छन् । आफुहरुको प्रदर्शन शान्तिपूर्ण हुने समेत उनीहरुले बताएका छन् । यता नगरपालिकासम्म जेनजीहरुको प्रदर्शन हुने थाहा पाएपछि सशस्त्र र जनपद सहितको प्रहरी देवदह नगरपालिका परिषरमा खटिएको छ ।

    images
    images
    images

    सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा देशभर आन्दोलित जेनजीहरुले काठमाण्डौ लगाएत देशका विभिन्न ठाउँमा राज्यले आफ्ना साथीहरुलाई मारेको भन्दै आज बिरोधका कार्यक्रमहरु गरिरहेका छन् । हिजो बाट सुरु भएको आन्दोलनको पहिलो दिन नै प्रहरीको गोलि प्रहारबाट काठमाडौं लगाएत विभिन्न ठाउँमा १९ जना भन्दा बढि प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनकारी जेनजीहरुले यसलाई राज्यले गरेको हत्या भनेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।