Logo

२०८३, श्रावण ३०गते


images
images

जल्यो सर्वोच्च

सर्वोच्च अदालतमा आगजनी

सर्वोच्च अदालतमा आगजनी

images
  • सर्वोच्च अदालतमा आगजनी
    images
    images

    काठमाडौँ । सर्वोच्च अदालतमा आगजनी भएको छ । जेनजी आन्दोलनकारीले सिंहदरबारस्थित सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयमा आगजनी गरेका हुन् ।

    images
    images
    images

    जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड हुनेक्रम जारी रहेको छ । 

    images
    images
    images

    यसअघि आन्दोलनकारीले राष्ट्रपति निवासरहेको शित्तल निवास,  सिंहदरबार र संसद भवनमा पनि आगलागी गरेका थिए ।

    images
    images
    images

    अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।

    ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन् । मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।