देवदह । रुपन्देहीमा बुधवार बेलुका ५ बजेदेखि बिहिवार विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सुरक्षा व्यवस्थालाई कडाई गर्न ११ बुँदे निर्देशात्मक आदेश जारी गरेको जनाइएको छ ।
देवदहको खैरेनी प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले जिल्लाको निर्देशनात्मक आदेश अनुसार सुरक्षा कडाई गरिएको बताए ।
देवदहलाई विशेष निगरानीमा राखिएको उल्लेख गर्दै इन्चार्ज विष्टले नेपाली सेनासहित प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गर्ने बताए ।
अहिले जिल्लाको देवदहसहित विभिन्न स्थानमा माइकिङ्ग भएको छ भने नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology