भैरहवा । रुपन्देहीमा लगाइएको कर्फ्यू आज बिहान ६ बजेदेखि हटाइएको छ । कर्फ्यू हटेपछि जनजीवन सामान्य बन्दै गएको छ ।
शान्ति सुरक्षाको अवस्था सामान्य बनेको ठहर गर्दै कर्फ्यू फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिए । जेनजी प्रदर्शनका कारण कारण सुरक्षा जोखिम बढेपछि रुपन्देहीका विभिन्न क्षेत्रमा कडा निगरानीसहित कर्फ्यू लागू गरिएको थियो ।
आजदेखि बजार, पसल, यातायात र दैनिक क्रियाकलाप क्रमशः सुचारु हुन थालेका छन् । स्थानीयवासीले कर्फ्यू हटेपछि सहज महसुस गरेको बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology