देवदह । रुपन्देहीको देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलको निजी निवासमा शुक्रबार Gen Z आन्दोलनका क्रममा भएको तोडफोड र लुटपाटको घटनापछि लुटिएको सम्पत्ति फिर्ता गर्न मेयरको सचिवालयले आग्रह गरेको छ ।
शुक्रबार जारी विज्ञप्ति अनुसार केही आपराधिक मानसिकताका व्यक्तिहरूले निवासमा प्रवेश गरी गरगहना, नगद, खाद्यान्नलगायतका सामग्री लुटपाट गर्नुका साथै आगजनीसमेत गरेका थिए । घटनाका फोटो, भिडियो र प्रमाणका आधारमा १९ जना व्यक्तिहरूको पहिचान भइसकेको सचिवालयले जनाएको छ ।
“लुटिएका सम्पत्ति सकभर छिट्टै इमान्दारितापूर्वक फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं । अन्यथा प्रमाणहरू सार्वजनिक गर्दै कानूनी प्रक्रिया अघि बढाइनेछ,” सचिवालयले भन्यो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology