Logo

२०८३, आश्विन १०गते


images
images

जेनजीको माग अनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ : मुख्यसचिव अर्याल

जेनजीको माग अनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ : मुख्यसचिव अर्याल

images
  • जेनजीको माग अनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ : मुख्यसचिव अर्याल
    images
    images

    काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका छन् ।

    images
    images
    images

    शुक्रवार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले नयाँ सरकारको काम सिंहदबारबाटै हुने जानकारी दिदै जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको स्पष्ट गरेका हुन् । 

    images
    images
    images

    अर्यालले अहिले अत्यावश्यक सेवाहरू सञ्चालन हुन थालेको र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताउदै त्यसका लागि सम्बन्धित मन्त्रालय र विभागलाई आवश्यक व्यवस्था गर्न निर्देशनसमेत दिइसकेको बताए । 

    images
    images
    images

    मुख्यसचिव अर्यालले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको बताउदै प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको र यो नेपालकै दुर्भाग्य भएको बताए । उनले पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरेर विवरण निकालिने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यसचिव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।