देवदह । उद्योग व्यापार संघ देवदहको देवदह-७ सित्तलनगरस्थित सहिद स्मृति प्रतिष्ठानको भवनभित्र सञ्चालित कार्यालयमा Gen z प्रदर्शनकारीले आगजनी गर्दा कार्यालय भित्र रहेका सबै सामाग्री जलेर नष्ट भएको छ ।
मंगलबार दिउँसो करिब ४ बजेतिर प्रदर्शनकारी कार्यालयमा प्रवेश गरी कम्प्युटर, प्रिन्टर, दराज, टेबल लगायतका महत्वपूर्ण कार्यालय सामग्रीहरू तोडफोड गरेर जलाइदिएको संघका अध्यक्ष गणेश कुमार खातिले जानकारी दिए ।
उनका अनुसार आगजनी र तोडफोडबाट करिब ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology