देवदह । देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलको घरबाट चोरिएका समान फिर्ता हुनेक्रम सुरु भएको छ । नगरप्रमुखको सचिवालयले हालसम्म १५ लाख बराबरको समान फिर्ता भएको जनाएको छ ।
सेतोमसीसंग कुरा गर्दै प्रमुख खरेलले हालसम्म ६ तोला सुन, २ वटा घडी, १ मोबाइल, सर्टपाइन्ट, परफ्युम लगायतका समान चोरहरुले इमान्दारीपुर्वक फिर्ता गरेको बताए ।
प्रमुख खरेलको घरमा आगजनी, लुटिएका गहना र अन्य सामग्रीसहित झन्डै एक करोड बराबरको क्षति भएको उनको परिवारले जनाएको छ ।
प्रमुख खरेलको देवदह-९ घोडाहमा अवस्थित घरबाट भदौ २४ गते लुटिएको सुन र समान फिर्ता गर्न शुक्रवार बिहान सार्वजनिक आह्वान गरिएको थियो ।
प्रदर्शनका क्रममा आन्दोलन बाहिरका तत्वहरुले जेनजीको नाममा आगजनी, तोडफोड र लुटपाट गरेको जेनजी देवदहले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
प्रदर्शनमा नगर प्रमुख खरेलको घरसहित एमाले, माओवादी र उद्योग व्यापार संघ देवदहको कार्यालयमा आगजनी, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको घरमा ढुंगामुडा गरिएको थियो भने नगरपालिकामा पनि केही कुर्सी जलाइएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology