Logo

२०८३, कार्तिक ३०गते


images
images

सद्भाव र्याली

देवदहमा सद्भाव र्याली

देवदहमा सद्भाव र्याली

images
  • देवदहमा सद्भाव र्याली
    images

    देवदह । देवदहमा सद्भाव र्याली निकालिएको छ । नागरिक समाज देवदह, देवदह प्रेस क्लब लगायतका संघसंस्थाको आयोजनामा शनिवार शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो । 

    images
    images
    images

    देशमा देखिएको फरक राजनीतिक परिस्थितिबाट समाजलाई सामान्य अवस्थामा फर्काउन सद्भाव र्याली निकालिएको देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए । ‘समाजमा असहज स्थिति सिर्जना भएको अवस्थामा राज्यको चौथो अंग मिडियासहित स्वतन्त्र नागरिकहरुको पहल आवश्यक हुन्छ ।’ अध्यक्ष पोखरेलले भने, ‘देवदहको वर्तमान अवस्थासहज छ र अब जनजीवनस ामान्य अवस्थामा फर्किन्छ भन्ने सन्देश र्यायालीले दिएको छ ।’

    images
    images
    images

    र्यालीलाई सम्बोधन गर्दै नागरिक समाज देवदहका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पौडेलले जेनजी आन्दोलनलाई राज्यले स्वीकार गरिसकेको र देश अब नयाँ शिराबाट अगाडि बढ्ने बताए । ‘देश अगाडि बढ्छ, युवा पुस्ताको चाहना अनुसार राजनीतिक वर्तमान परिवेशबाट देश उठ्छ, उठाउन सम्भव छ ।’ पौडेलले भने, ‘फेरी पनि समाजमा शान्ति, सद्भाव र भाइचारा कायम गर्न आवश्यक छ ।’ जनजीवन सामान्य बनाउन सबैले आफ्नो ठाउँबाट मेहनत गर्नुपर्ने उनको भनाइ छ । 

    images
    images

    र्यालीमा नागरिक समाज देवदहका अध्यक्ष जयकिसन अधिकारी, सेतोमसी डट कमका कार्यकारी सम्पादक पवन पौडेल लगायतले बोल्दै शान्ति र सामाजिक सद्भाव अहिलेको आवश्यकता रहेको बताएका थिए ।  

    देवदहको शितलनगरबाट सुरु भएर खैरेनी चोकमा पुगेको र्यालीमा देवदहका २० भन्दा बढि व्यवसायिक संघ संस्था र सामाजिक संघसंस्थाहरुको समेत सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सद्भाव र्याली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।