देवदह । जेन्जी आन्दोलनमा सहादत प्राप्त सहिदहरुको सम्झना र सम्मानमा देवदहमा दिप प्रज्ज्वलन गरिएको छ । आइतवार सगरमाथा आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालय प्रांगणमा सहिदलाई सम्झिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले युवा-विद्यार्थीको रगत खेर जान दिन नहुने बताए । उनले देशमा भ्रष्टाचारको जालो तोड्नु आवश्यक रहेकोले जेन्जीले देशको लागि बलिदान गरेको बताए ।
अन्याय र अत्याचारको विरुद्ध लड्नु अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै प्राचार्य पौडेलले प्राप्त उपलब्धिलाई रक्षा गर्न निरन्तर खरदारी आवश्यक रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्य प्रदीप अधिकारी लगायतले बोलेका थिए ।
विद्यालयमा क्रियाशील सगरमाथा बाल क्लबको आयोजनामा दीप प्रज्जवलन गरिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology