काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरल सर्वसाधारणसका लागि सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको हो ।कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ ।
उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्ने छन् ।
कम्पनिको शेयर बन्द हुने मिति छिटोमा असोज २ गते र ढिलोमा असोज १३ गते रहेको विक्री प्रबनधक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ । सागर डिष्टिलरी लिमिटेड देवचुली नगरपालिका १ नवलपरासीमा रजिष्टर्ड कार्यालय रहेको छ भने काठमाडौं महनगरपालिका-१ मा कर्पोरेट कार्यालय रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology