बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरूले र्यालि निकालेका छन् ।लुम्बिनी वाणिज्य क्याम्पसबाट विविएस र एमविएस लगायत त्रिविका साझा कोर्ष हटाउने निर्णयका विरुद्ध संयुक्त विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेको हो ।
अध्यापन भैरहेका कोर्स हटाउने र क्याम्पसलाई प्रादेशिक विश्वबिद्यालय बनाउनुको सट्टा मानित विश्वबिद्यालयको नाममा फरक बाटोमा लैजान खोजिएकोले विद्यार्थीहरू आन्दोलित भएको अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष विराज चालिसेले बताए । अघोषित केहि व्यक्तिको हातमा सामुदायिक शैक्षिक संस्था जाने गरि क्याम्पसले निर्णय गरेको विद्यार्थीहरूको आरोप छ ।

क्याम्पस प्राङगणबाट सुरुभएको विरोध र्याली मिलनचोकमा गएर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई क्याम्पस इकाइका नेबि संघ लुम्बिनी सभापति, अखिल (क्रान्तिकारी), अखिल छैटौंका अध्यक्ष विमल खरेल, विप्लव निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष नयन अर्याल लगायतले सम्बोधन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology