Logo

२०८३, श्रावण ३०गते


images
images

प्रहरीको अनुरोध

बिना बिलका सामान खरिदबिक्री नगर्न प्रहरीको अनुरोध

बिना बिलका सामान खरिदबिक्री नगर्न प्रहरीको अनुरोध

images
  • बिना बिलका सामान खरिदबिक्री नगर्न प्रहरीको अनुरोध
    images
    images

    काठमाडौं ।  प्रहरीले बिना बिलका सामान खरिदबिक्री नगर्न अनुरोध गरेको छ । बुधवार जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति जारी गर्दै बिल बिनाका सामान किनबेच नगर्न अनुरोध गरेका हुन् ।

    images
    images
    images

    जेनजी आन्दोलनक क्रममा भदौ २३ र २४ गते उपत्यकालगायत  देशका विभिन्न ठाउँमा सरकारी कार्यालय,बैंक वित्तीय संस्थाहरू,व्यापारिक प्रतिष्ठानलगायत व्यक्तिगत घरमा आगजनी तोडफोड गरी लुटपाट भएका छन् । 

    images
    images
    images

    आन्दोलनका क्रममा सुन, चाँदी, हिरालगायत बहुमूल्य सरसामान समेत लुटिएका र त्यस्ता सामान बिक्री गर्न आउनसक्ने भन्दै बिना बिलका सामान नकिन्न प्रहरीले अनुरोध गरेको छ ।

    images
    images
    images

    लुटिएका सामानहरू खरिद गरेको पाइएमा त्यस्ता व्यक्तिमाथि कडा कारवाही हुने प्रहरीले चेतावनी समेत दिएको छ । साथै प्रहरीले लुटिएका सामान बिक्री गर्न आएमा प्रहरीलाई तुरून्त खबर गर्न पनि आग्रह गरेको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रहरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।