Logo

२०८३, कार्तिक ३०गते


images
images

जेनजी आन्दोलन

कोटेश्वर भाटभटेनीमा पनि जलेको अवस्थामा भेटियो शव

कोटेश्वर भाटभटेनीमा पनि जलेको अवस्थामा भेटियो शव

images
  • कोटेश्वर भाटभटेनीमा पनि जलेको अवस्थामा भेटियो शव
    images

    काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनीमा पनि जलेको अवस्थामा शव फेला परेको छ ।

    images
    images
    images

    बुधवार बिहान काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली भएको खुलेको छ । उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    images
    images

    पहिचान गर्न नसकिने अवस्थामा रहेको शव नजिक फेला परेको सिमबाट उनको पहिचान भएको हो । परिवारले समेत उनी हराएको रिपोर्ट प्रहरीमा गरेका थिए । 

    यसअघि काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा ६ शवका अस्थिपञ्जिर फेला परेका थिए भने धरानको भाटभटेनीमा ४ र विराटनगरको भाटभटेनीमा एक जनाको शव फेला परेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।