Logo

२०८३, कार्तिक २९गते


images
images

लुम्बिनी प्रदेश

अर्घाखाँचीमा भएको क्षतिको मुख्यमन्त्री आचार्यद्वारा स्थलगत अनुगमन

अर्घाखाँचीमा भएको क्षतिको मुख्यमन्त्री आचार्यद्वारा स्थलगत अनुगमन

images
  • अर्घाखाँचीमा भएको क्षतिको मुख्यमन्त्री आचार्यद्वारा स्थलगत अनुगमन
    images

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको स्थलगत अनुगमन गरेका छन् ।

    images
    images
    images

    शनिबार गृहजिल्ला अर्घाखाँची पुगेका मुख्यमन्त्री आचार्यले भग्नावशेष बनेका संरचनाहरूको स्थलगत अनुगमन गरेका हुन् । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अर्घाखाँचीमा जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका कार्यालयमा आगजनी भएको थियो ।

    images
    images
    images

    सरकारी कार्यालयहरूको सेवा प्रवाह तत्काल सुचारु गर्ने विषयमा समेत मुख्यमन्त्री आचार्यले छलफल गरेका थिए । यनले त्रिपाल टागेर भए पनि जनतालाई सेवा दिन कर्मचारीलाई निर्देशन दिए ।

    images
    images

    जेन-जी आन्दोलनका नाममा घुसपैठ भई सरकारी, सामाजिक तथा राजनीतिक संघ-संस्था र व्यक्तिगत संरचनामा क्षति पुर्याउने कार्य भएको र ती घटनाको अनुसन्धान गरी दोषी पहिचान गरेर कानूनी दायरामा ल्याउन सरोकारवाला पक्षले माग गरेका थिए । यस क्रममा मुख्यमन्त्री आचार्यले घटनाको सबै पक्ष र तहबाट सुरक्षा निकायले अनुसन्धान गरिरहेको बताए ।

    आन्दोलनका क्रममा मुख्यमन्त्री आचार्यको सन्धिखर्कस्थित घरमा पनि आगजनी भएको थियो । घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।