'जेनजी' भन्नाले सन् १९९७ देखि सन् २०१२ को बीचमा जन्मिएका युवाहरूलाई बुझिन्छ । यो समुह करिब १३ देखि २८ वर्ष उमेर समूहमा पर्छन् । डिजिटल युगमा जन्मेका उनीहरू प्राय प्रविधिमा आधारित रहेर पढेका, बढेका हुनाले प्रविधिमा निपूर्ण छन् । सामाजिक सञ्जाल यूट्यूव, फेसबूक, टिकटक लगायतमा उनीहरु सक्रिय छन् र सामाजिक, राजनीतिक, तथा पर्यावरणीय विषयमा समेत सजग सतर्क पनि छन् ।
जेनजी पुस्ताको पहिचान र विशेषताहरू
१) प्रविधिमा बढी समय : मोबाइल, इन्टरनेट, सामाजिक सञ्जालमा सक्रिय रहेका छन् । यिनै संजाल मार्फत यो समूहले आफ्ना तर्फ बिचार भाव प्रकट गर्छन् ।
२) आफ्नो कला विचार अभिव्यक्त : सामाजिक सञ्जालमार्फत आफ्नो विचार, कला, संगीत, फेसन आदि प्रस्तुत गर्छन् ।
३) विश्वको परिघटना प्रति सजग र सचेत : सामाजिक, लैंगिक, जातीय, र पर्यावरणीय मुद्दामा ख्याल गर्छन् । तत्काल प्रतिक्रिया ब्यक्त गर्छन् ।
४) प्रविधिबाट शिक्षित : थुप्रै जेनजी युवा अनलाइन शिक्षाद्वारा सशक्त भएका छन् ।
५) विदेश पलायनको सोच : नेपालको हकमा यो पुस्ता सके देशमै अवसर खोज्ने तर आफ्ना उमेर समुहका अधिकांश विदेश भएको कारण रोजगारी, शिक्षा वा अवसरको खोजीमा विदेश जाने चाहना उच्च छ ।
जेनजी पुस्ताको आन्दोलनका कारणहरु
नेपालमा जेनजी पुस्ताले प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा विभिन्न आन्दोलन, राजनीतिक र सामाजिक परिवर्तनलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा अवलोकन गरिरहेको छ । उनीहरुको अध्ययन अनुभव र भोगाइबाट यो आन्दोलनको उठान भएको पाईन्छ । यी हुन् यो आन्दोलनका कारणहरु ;
१) देशमै अवसरको खोजी
देशमा बेरोजगारी दर उच्च हुनु र विदेश पलायनका कारण युवाहरू देशप्रति निराश छन् । अघिल्लो पुस्ता जस्तै घर समाजमा धेरै दुःख गरेर, संघर्ष गरेर यहिँ केही गर्ने थोरै कमाएर पनि रमाउने यो पुस्ताको बानी छैन । तसर्थ, तत्काल उच्च कमाइ हुने अवसर खोज्नु स्वभाविक हो, जुन वातावरण देशमा थिएन छैन । कहिँकतै पाइयो भने पनि कोहि न कोहिलाई भनसुन गर्नुपर्ने अवस्था थियो ।
२) बेथिति प्रतिको आक्रोश
एक जना युवा स्कुले जीवन पछि नागरिकता बनाउन जान्छ वडादेखि प्रशासन कार्यालय सम्मको लाइन, महँगो राजश्व, प्रशासकको दुव्र्यवहार र अपमान, बेवास्ता सास्ती, स्कुलकै कागजात होस् वा अन्य बिग्रेको खन्डमा हाप्तौसम्म पटक–पटक कार्यालय धाउने झञ्झट, देशमा अवसर भएन बिदेशनै जान पनि भोग्नुपर्ने कागजी जटिलता कन्चट तताउने नै हुन्छ । यी सबै बेथिती प्रती आम युवाहरुमा आक्रोश हुनु स्वभाविक हो ।
३) हरेक क्षेत्रमा राजनीति :
आज नेपाली समाजमा बिद्यालयको समिती गठन होस वा आमा समूह, टोल विकास समिती पुनर्गठन होस या बाल क्लब, बन समिती, खानेपानी समिती , सहकारीदेखि सरकारी हरेक संघसंस्थामा मेरो पार्टी तेरो पार्टी, मेरो समूह, तेरो समूह, मेरो गुट, तेरो गुट, यस्तै–यस्तै हावी भएको थियो । तर यसरी जाने समूहबाट खासै परिवर्तनको अनुभूति हुने काम वा परिणाम नदेख्नु नदेखिनु आम जेनजी पुस्ता बिच उत्पन्न निराशाको मुल कारण हो ।
४) पारदर्शी नहुनु :
जेनजी पुस्ताको मुल नारा नै शुसासन हो । यो माग आम नेपाली जनता र आम युवाहरुको पनि हो । सबै मुल पार्टीका नेताहरु ८४ बर्षसम्म पनि कुर्सीकै मोहमा दौडधुप गर्छन् । स्थानीय पार्टीदेखि जिल्ला, प्रदेश, केन्द्रसम्मका पार्टीमा रहने केही नेता बाहेक प्राय नेताहरुको जिवनशैली बिलासी हाइफाइ नै छ । उनीहरुमा कुनै कुराको अभाव भएजस्तो देखिदैन । नेताहरुका छोराछोरीको पढाईदेखि लवाई खवाई बिन्दास नै छ । यी सबै क्रियाकलापको बैधानिक आम्दानीको स्रोत के हो ? कहाँबाट आउँछ, त्यो आम्दानी ? कुन–कुन व्यापार ब्यवसाय वा उद्योग छ उनीहरुको ? नागरिक ? आम जनताको जिज्ञासा चासो वा गुनासो हुनु स्वभाविक छ ।
आम जनताको मानसिकता आयस्रोत पारदर्शिता नहुनु सबै नेता कार्यकर्ताले भ्रष्टाचार, तस्कर, अबैध ब्यापारमा सहयोग वा अबैध व्यापार व्यवसायलाई सहयोग गरे बापत लिएको वा पाएको अबैध सम्पत्र् भन्ने बुझाइ छ । तसर्थ जेनजीले उठाएको मुल मुद्दा भनेकै पारदर्शिता हो । कोहि दिनरात मेहनत गर्दा, महिनामा ३० दिन काम गर्दा पनि जिवनस्तर जस्ताको त्यस्तै कोहि राजनीतिमा लागेकै भरमा बिलासी जीवन जिउन पाउनु आम जनताको प्रस्न र शंकाको विषय हो। कर्मचारी नियुक्ती होस, सेवाप्रवाहको विषय, सरुवा होस वा बढुवा सबैतिर राजनीतिले यति गिजलो कि एक स्वस्थ इमान र कर्तव्यनिस्ठ मान्छेले निराशाको श्वास फेर्नुबाहेक अर्को विकल्प थिएन । केन्द्रदेखि प्रदेशको र कतिपय स्थानीय तहमा पनि बजेट बिनियोजनमा बेथिति थियो । मन्त्रीहरुलाई ज्युहजुरी गर्नुपर्ने, गुणगान गाइरहनुपर्ने, वा योजनामा कमिशन बुझाउन सक्ने, आफ्नो मात्रै निर्वाचन क्षेत्र बाहेक अन्य क्षेत्रको पुरै बेवास्ता, पुरै बजेट आफ्नो निर्वाचनको टोल टोलमा अरबौंको योजना कुनै निर्वाचन क्षेत्रमा शून्य बजेट, पर्यो भने पहुँचको आसेपासेको भनसुनको आधारमा यो परिपाटीले जनतामा व्यापक निराशा थियो । त्यही निराशालाइ जेन जिले अबिब्यक्त गरेको छ ।
५) डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रता बन्देज
नेपालमा अहिले सामाजिक संजालको व्यापक दुरुपयोग छ, हजारौका घर परिवार बिग्रेका छन, लाखौ बालबालिकामा मानसिक रोग देखा परेको छ , परिवार बिखन्डन, सम्बन्ध कायम भन्दा बिच्छेदन हुने संख्या बढदो छ । परिवार समाजमा आत्मियता, पारस्परिक सहयोग भाइचारा भन्दा पनि डिजिटलाइज भएको छ । कसैकोमा आगो लाग्यो भने निभाउने भन्दा, कोहि डुबानमा पर्यो भने उद्दार भन्दा पनि कोहि दुर्घटनामा पर्यो भने उद्दार भन्दा फेसबुकमा लाइभ गर्ने आफू भाइरल हुने, लाइक कमेन्ट शेयर कति भयो भनेर मुल्यांकन गर्ने अवस्थामा हामी छौ। संजालको बिकृति छ यसमा कसैको दुइमत छैन ।
तर संजालमा असीमित फाइदा पनि नेपाली समाजले लिएको छ । लाखौ युवा बिदेशमा हुनुहुन्छ आफ्ना आमाबुबा हजुरबुबा हजुरआमा, आफ्नो श्रीमती देखि बालबालिका सबै सङ सुख दुख साटासाट गर्ने, आफ्ना दुख पिर ब्यथा भुलाउने माध्यम पनि सामाजिक सन्जाल नै थियो। वृद्धआमा बुबाले आफुले रोजेका गित सुन्ने हेर्ने माध्यम पनि सन्जाल नै थियो । कतिपयको व्यापार ब्यवसाय अनलाइन बाटनै भएको छ । हजारौ बिद्यार्थीले देशमै बसेर बिदेशी शिक्षा अनलाइन बाट नै कतिपय नेपाली युवा देशमै बसेर बिदेशको काम गरि लाखौ कमाएका छ्न ती सबै कुरा एकै पटकपटक बन्द हुदा आम नेपालीमा उकुसमुकुस छट्पटी हुनु पनि स्वभाविक हो ।
सन्जाल नेपालमा दर्ता हुनुपर्छ कानुनी बाटोमा आउनुपर्छ नेपालमा हुने अबैध सञ्जालको प्रयोग बन्द गर्ने, सञ्जाल दुरुपयोग गर्नेलाइ कारवाही हुनुपर्छ त्यसमा दुइमत हुँदैन गैरकानुनी कार्य जतिसुकै लोकप्रिय वा शक्तिशाली भएपनी छुट हुन हुदैन सरकारको यो कदममा सवै सचेत नागरिकले साथ दिनुपर्छ तर यो विषयबस्तुको बारेमा जनतलाइ सचेत गराएर राम्रो सङ जानकारी गराएर, दर्ता हुन नआउने कम्पनी बारेमा अन्तर्राष्ट्रिय फोरममा बहस आवाज उठाएर मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने थियो । सरकारले बन्दको बैकल्पिक विकल्प खोज्नुपर्ने थियो चाडपर्वको मुखमा आफ्ना छोराछोरी सङ बोलचाल बन्द हुनु आफैमा जनतामा आक्रोश बढाउने निर्णय थियो ।
सामाजिक संजाल बन्द पुर्व कोशि प्रदेशका मुख्यमन्त्रीको सवारीले गरेको दुर्घटना र त्यसपछिको कानुनी कारवाही नहुनु अमानवीयताको पराकाष्ठा नै थियो । यस्ता घटनाले नेता मन्त्री कानुन भन्दा माथी जे गरेपनि छुट भन्ने मानसिक पिडामा जनता थिए । यी सबै आक्रोश जेनजी आन्दोलनको उदगम थिए ।
जेनजी आन्दोलन ठिक थियो ?
जेनजी पुस्ताले सुशासनको मुद्दा ठिक थिए । जनजनका आवाज थिए । आम नेपालीले अभिब्यक्त गर्न खोजेका विषय थिए, सडकदेखि सदनसम्म, व्यापारीदेखि ब्यवसायीसम्म गृहस्तीदेखि मन्त्रीसम्म सबैको जीवन पारदर्शी हुनुपर्छ भन्ने आवाज जायज थियो ।
अब नेता सच्चिन्छन् कि सुशासन कायम हुन्छ कि भन्ने झिनो आशा छ तर नेतामा मात्रै होईन, भ्रष्टाचार घरघरमा छ । यहि आन्दोलनमा ख्याल गर्यौ भने, जसले दिनरात भन्सार छलेर सामान ल्याएर व्यापार गरेको छ । उसले सुशासन भन्दै हिडेँका थिए, जसले नदिजन्य पदार्थ अबैध ओसारपसार गरेर जीवन निर्वाह गरेको छ, उसको पनि नारा त्यही थियो, अर्थात नारा सुशासन तर कर्म पुरै अबैध त्यस्ताबाट हामी सचेत हुनुपर्छ । सुधार अरुमा मात्रै होईन आफ्नो कर्म र व्यवहारमा पनि गर्न आवश्यक छ ।
तर आन्दोलनको तरिका गलत भयो । आन्दोलनको मुल नेतृत्व थिएन, आन्दोलनको मुल मुद्दा के के थिए ? आन्दोलनपछिको अवस्था कसरी सम्हालने कुनै योजना थिएन, जसको कारण धेरै बालबालिकाले र प्रहरीले अनाहकमा ज्यान गुनाउनुपर्यो । अभिभावकको काख रित्ता भए, जीवनको सहारा गुमाउनुपर्यो, देशको इतिहास, देशको धरोहर सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन लगायतका अरबौका संरचना जलेर खरानी भए । देशका अधिकांश प्रशासन कार्यालय र महत्त्वपूर्ण कागजात, मालपोत कार्यलय, नापी कार्यालय अदालतका महत्त्वपूर्ण दस्तावेज, देशका सयौं स्थानीय तहका कार्यालय वडा कार्यालय जलेर खरानी भए । कतिपय मन्त्री, नेतादेखि नगर प्रमुख, उपप्रमुख, पूर्व प्रमुख-उपप्रमुख लगायतका जनप्रतिनिधिहरुको घरमा आगजनी तोडफोड लुटपाटको आतङ्क नै मच्चियो । हजारौ नेपाली उद्योगी ब्यवसयीहरुको छानीछानी व्यवसायमा चोरी लुटपाट र आगजनी भयो । त्यसमा कस्ता मान्छे संलग्न थिए ? अहिले सञ्जालमा भाइरल भएकै छन !
यो आन्दोलनले जति भौतिक क्षति गरेको छ, त्यो भन्दा बढि मानसिक त्रास र मनस्थितिमा असर पुर्याएको छ । त्यसको परिपुर्ति हुन आगामी पचासौ बर्षसम्म लाग्न सक्छ । यो भौतिक क्षतीका कारण स्वदेशी या विदेशी लगानीकर्ताको चासो कम हुनसक्छ । यसले नयाँ लगानीकर्ताहरुको आकर्षण घटाउन सक्छ । विदेशी पर्यटकहरुलाई आकर्षित गर्न लामो समय लाग्नेछ । कतिपय देशहरुले त नेपालका श्रमिकलाई प्रतिबन्ध लगाइसकेको अवस्था छ ।
अब इमान्दार मान्छे राजनीतिमा लाग्छु र देशमै सेवा गर्छु भन्ने अत्यन्तै कमै हुन सक्छ्न् । आफुले गरेको राजनीतिबाट स्वयम् समाज त के आफ्नै परिवार आफ्नै बालबालिका सुरक्षित हुँदैन भने आफ्नै पुर्खाको सम्पत्ति समेत राजनीतिको नाममा खरानी बनाउनुपर्छ भने नेपालमा इमानदार कोहि युवा राजनीति गर्ने छैनन् । अनि फेरि तिनै भ्रष्ट, तस्कर र अबैध क्षेत्रबाट करोडौं कमाउनेहरु राजनीतिज्ञ र समाजसेविको नाममा हावी हुन्छन् उनैको नेतृत्व हुनेछ । इमान्दार मान्छे प्राय: विदेशमा हुनेछन्, उतै पसिना बगाउने छन् । कमाइ पनि हुने जीवन पनि शानदार, बिदेशबाट नेपालको राजनीति पनि जोडतोडले गर्न पाइने निर्धक्क बोल्न पाइने, अनलाइनमा हाइलाइट पनि हुन पाइने जुन अहिले छ ।
तसर्थ यो आन्दोलनले आम अभिभावकमा थप अन्योल र त्रासको अवस्था आम युवामा थप निराशा छाएको छ । अब नेता सच्चिन्छन् कि सुशासन कायम हुन्छ कि भन्ने झिनो आशा छ तर नेतामा मात्रै होईन, भ्रष्टाचार घरघरमा छ । यहि आन्दोलनमा ख्याल गर्यौ भने, जसले दिनरात भन्सार छलेर सामान ल्याएर व्यापार गरेको छ । उसले सुशासन भन्दै हिडेँका थिए, जसले नदिजन्य पदार्थ अबैध ओसारपसार गरेर जीवन निर्वाह गरेको छ, उसको पनि नारा त्यही थियो, अर्थात नारा सुशासन तर कर्म पुरै अबैध त्यस्ताबाट हामी सचेत हुनुपर्छ । सुधार अरुमा मात्रै होईन आफ्नो कर्म र व्यवहारमा पनि गर्न आवश्यक छ ।
अहिले तत्कालिन अवस्थामा जेनजी भनेको बिध्वंस हो, अराजक हो तोडफोड लुटपाट गर्ने समूह हो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । जुन जेनजी पुस्ताको नाममा आन्दोलनमा घुसपैठबाट यो अवस्था सिर्जना भएको छ, यसलाई चिर्न यो पुस्ता संस्कारी हो, जेनजी पुस्ता चेतना हो, सकारात्मक र शान्तिपूर्ण बिद्रोह हो, पुननिर्माणको हिमायती हो सिपयुक्त संस्कारयुक्त, भ्रष्टाचारमुक्त समाज निर्माणका लागि क्रान्तिको आगो ओकल्ने शक्तिको रुपमा प्रमाणित गर्नुपर्नेछ ।
आन्दोलन पछिको जेन जि पुस्ताले सुशासनको लागि के गर्न सक्छन ?
अहिले तत्कालिन अवस्थामा जेनजी भनेको बिध्वंस हो, अराजक हो तोडफोड लुटपाट गर्ने समूह हो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । जुन जेनजी पुस्ताको नाममा आन्दोलनमा घुसपैठबाट यो अवस्था सिर्जना भएको छ, यसलाई चिर्न यो पुस्ता संस्कारी हो, जेनजी पुस्ता चेतना हो, सकारात्मक र शान्तिपूर्ण बिद्रोह हो, पुननिर्माणको हिमायती हो सिपयुक्त संस्कारयुक्त, भ्रष्टाचारमुक्त समाज निर्माणका लागि क्रान्तिको आगो ओकल्ने शक्तिको रुपमा प्रमाणित गर्नुपर्नेछ ।
तत्कालीन अवस्थामा गर्नुपर्ने कामहरु :
१) जेनजी आन्दोलनको नाममा जतिपनि चोरी डकैती लुटपाट आगजनी भएको छ । त्यसमा सहभागीहरुको पहिचान गरी कानुनी कारवाहिको लागि प्रहरी प्रशासनलाई गोप्य सुचनासहित सहयोग गर्ने ।
२) जतिपनि सरकारी कार्यालय, भवन, ब्यक्तिका घर तोडफोड लुटपाट आगजनी भएको छ, उहाँलाई सान्त्वनासहित पुननिर्माणमा सहयोगको आह्वान गर्ने ।
३) संरचना भत्कनुभन्दा ठूलो कुरा मान्छेको मन भावना भत्किएको छ । इगोको भावना बढेको छ ।
भत्किएको तोडिएको मनलाई जोडनुपर्ने ठूलो चुनौती छ । त्यसलाई सन्तुलनमा ल्याउन तत्काल सद्भाव सहितका कार्यक्रम गर्ने सबै पक्षलाइ त्यसमा जोड्ने ।
दीर्घकालीन रुपमा सुशासनको लागि जेनजी पुस्ताले गर्नुपर्ने कामहरु :
१) शिक्षा तथा सचेतना फैलाउन :
२) प्रविधिको उपयोग गरेर पारदर्शिता :
३) ईमानदार र नीतिनिष्ठ नेतृत्वको माग:
४) स्वयम् उदाहरण बन्ने :
यदि उनीहरूले सचेत, सक्रिय र उत्तरदायी भूमिका खेले भने जेनजी पुस्ता नेपालमा सुशासन स्थापना गर्ने परिवर्तनको शक्तिशाली इञ्जिन हुन सक्छ । परिवर्तन बाहिरबाट मात्र होइन, भित्रबाट पनि ल्याउन सकिन्छ । त्यो यात्राको सुरवात आफूबाट हुन्छ ।
अन्त्यमा, अब पुनःनिर्माणको समय आएको छ । हामी परिमार्जित हुने अवसर आएको छ । प्रतिशोध होईन, आफू र आफ्नालाई आफ्नो असल कर्मबाट परिवर्तन गर्ने मौका आएको छ । आबेग र उत्तेजित भएर होईन, संबेदनसिल र जिम्मेवार भएर सबैलाई साथमा लिएर युवा पुस्ताको सोच, विचार र भावनालाई आत्मसात गर्दै युवाहरुको अपेक्षा अनुसार नीति तथा कार्यक्रमहरू निर्माण गर्नुपर्ने छ । युवा र समयको माग अनुसार नै नेतृत्व हस्तान्तरण, रुपान्तरण र पुस्तान्तरण सहितको जागरण अभियानमा लागौं ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology