काठमाण्डाै। निर्वाचन आयोग नेपालले आउँदाे निर्वाचनमा विद्युतीय मतदानलाई निरन्तरता दिने र विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउने गरि तयारी थालेको छ ।
निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भएकाे महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्ताे जानकारी दिनुभयो ।
उहाँका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ । विदेशमा करिब ४० लाख नेपाली नागरिक छन् ।
यस वर्ष भएको जनगणनामा विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत सङ्कलन गरिएको थियो । नेपालमा पालिकाको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology