काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १७ सयले घटेर तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यस अघि बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार चाँदी तोलाको २७०० मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology