काठमाडौ । थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा गरिएको छ ।
शनिवार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालको यू-१७ महिला टिमको घोषणा गरेको हो । अक्टोबर १३ देखि १७ सम्म हुने प्रतियोगितामा नेपालले आयोजक थाइल्याण्ड र तुर्कमेनिस्तानसँग खेल्नेछ ।
नेपाली टिम: झरना डुम्राकोटी, लक्ष्मी ओली, भुपिका शाही, दिक्ष्या रायमाझी, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मो लो, सम्झना चन्द, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, रबिना बिक, कृतिशा तामाङ, अशिका कार्की, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सिर्जना बडुवाल, अस्मिता मगर, पूजा गिरी, यम कुमारी बिक र अनिता राना मगर ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology