काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहार अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह वैवाहिक बन्धनमा बाँधिएका छन् । सविनले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहबारे जानकारी सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु भएको खुशी सँगसँगै बाँडेका हुन् ।
यी दुई कलाकारबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको चर्चा फिल्म वृत्तमा हुँदै आएको थियो । उनीहरूको प्रेमलाई दर्शक तथा फिल्मकर्मीहरूले पनि खुलेर समर्थन गर्दै आएका थिए । अन्ततः धेरैलाई पर्खाइमा राखेको यो प्रेमजोडीको विवाह भएको छ ।
सविन श्रेष्ठ र अनु शाह दुवैलाई चलचित्र क्षेत्रमा रुचाइएका जोडीको रूपमा हेरिन्छ । उनीहरूले विभिन्न समारोह र सार्वजनिक कार्यक्रममा सँगै उपस्थित हुँदा चर्चामा आउने गरेका थिए । नेपाली फिल्म दर्शकमाझ लोकप्रिय यी दुईको जोडी अहिले वास्तविक जीवनमा पनि पति-पत्नीको रूपमा नयाँ यात्रामा निस्किएको छ ।
सहकर्मी, साथीभाइ तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन् । धेरैले सविन र अनुको वैवाहिक जीवन सुखमय रहोस् भन्ने कामना गर्दै नयाँ सुरुवातमा हार्दिक बधाई दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology