Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

हर्क साम्पाङको पार्टीको नाम 'श्रम संस्कृति पार्टी' र चुनाव चिन्ह 'माटो'

हर्क साम्पाङको पार्टीको नाम 'श्रम संस्कृति पार्टी' र चुनाव चिन्ह 'माटो'

images
  • हर्क साम्पाङको पार्टीको नाम 'श्रम संस्कृति पार्टी' र चुनाव चिन्ह 'माटो'
    images
    images

    काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको विषय बाहिर आएको छ । असोज ७ गते ‘श्रम संस्कृति पार्टी’ नाम प्रस्ताव गरेर साम्पाङले निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

    images
    images
    images

    सञ्चारमाध्यममा समाचार बाहिरिएपछि उनले निवेदन दिएको बताउदै आयोगले सुचना आउट गरेको बताएका छन् । 

    images
    images
    images

    उनले भनेका छन्- निर्वाचन आयोगले सुचना आउट गरिहालेछ ! पार्टीको नाम 'श्रम संस्कृति पार्टी' हो ! चुनाव चिन्ह 'माटो' हो ! भ्रम नछर्न या भ्रमित नबन्न अनुरोध ! 

    images
    images
    images

    साम्पाङले जेनजी आन्दोलनअघि काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग मिलेर पार्टी खोल्ने बताउदै आएका थिए । तर आन्दोलनपछि हर्कले गरेको प्रधानमन्त्रीको दाबीमा बालेनले समर्थन नगरेपछि दुवै सम्बन्ध चिसो भएको छ । 

    हर्कले बालेनले विदेशीको इशारामा सुशिला कार्कीलाई समर्थन गरेको आरोप लगाउदै आएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।