काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशनस्थलबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'कोडमी हटाइएको छ । महाधिवेशनस्थल प्रज्ञा भवनमा प्रचण्डको 'कटआउट' राखिएपछि देवत्त्वकरण गरिएको भन्दै चर्को आलोचना भएपछि हटाइएको हो ।
माओवादीका केन्द्रीय सदस्य सुदन किराँतीले सामाजिक सञ्जाल फेसबुकमार्फत् कटआउट हटाइएको जानकारी गराएका छन्। प्रचण्डको उक्त डमी हटाईएको जानकारी दिंदै माओवादी नेता किराँतीले चाकडी प्रवृत्ति मुर्दाबाद लेखेका छन् । नेता किरातीले उक्त डमी पार्टी नेतृत्वको जानकारी बिना नै राखिएको समेत जिकिर गरेका छन् ।

आइतबार महाधिवेशनस्थलमा रहेको कटआउटमा माओवादी केन्द्रका कार्यकर्ताले फोटो खिचेर सामाजिक सञ्जाल भरेका थिए ।
स्मरण रहोस्, नेकपा एमालेले आफ्ना औपचारिक कार्यक्रमहरूमा अध्यक्ष केपी शर्मा ओलीको डमी प्रदर्शन गर्दै आईरहेको छ । त्यसैको सिको गर्दै माओवादी कार्यकर्ता पनि आफ्ना अध्यक्षको डमी महाधिवेशनस्थलमा राखिएको बुझ्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology