Logo

२०८३, श्रावण ३०गते


images
images

सडक

हेटौंडा-काठमाडौं सवारी आवागमन चार दिनसम्म रातिमा रोक

हेटौंडा-काठमाडौं सवारी आवागमन चार दिनसम्म रातिमा रोक

images
  • हेटौंडा-काठमाडौं सवारी आवागमन चार दिनसम्म रातिमा रोक
    images
    images

    हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई शुक्रबारदेखि चार दिनलाई राती आवतजावत गर्न रोक लगाएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले जल तथा मौसम विज्ञानद्वारा मौसमको पूर्वानुमान अनुसार मकवानपुर जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेकाले जनधनको क्षति हुन नदिन हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई राती आउजाउ गर्न रोक लगाएको हो ।

    images
    images
    images

    प्रशासनले त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र भैसे भीमफेदी हुँदै राजधानी प्रवेश गर्ने सवारी साधनलाई शुक्रबार अपरान्ह ५ बजेदेखि बिहान ६ बजेसम्म आउजाउ गर्न रोक लगाइएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा हुँदै कान्तिलोकपथबाट उपत्यका प्रवेश गर्ने सवारी साधनलाई शुक्रबार अपरान्ह ४ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधनमा रोक लगाएको छ ।

    images
    images
    images

    सोमबार अर्थात् असोज २० गतेसम्म सवारी साधनलाई उक्त सडक मार्ग भएर राती आउजाउ गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।