Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति र व्यवस्था कुनै एक पुस्ताको मात्र विषय होइन : महासचिव पोखरेल

राजनीति र व्यवस्था कुनै एक पुस्ताको मात्र विषय होइन : महासचिव पोखरेल

images
  • राजनीति र व्यवस्था कुनै एक पुस्ताको मात्र विषय होइन : महासचिव पोखरेल
    images
    images

    काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले एमाले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्नुपर्ने बताएको उल्लेख गर्दै एमालेले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको दाबी गरेका हुन् । 

    images
    images
    images

    उनले राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन् । खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा भएपनि समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनु नहुने उनको तर्क छ ।

    images
    images
    images

    उनले भनेका छन्:

    पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ। नेकपा (एमाले) ले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको छ। राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन। खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ। समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल
  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।